Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

छैठौं फर्निचर तथा फनिर्सिङ एक्स्पो, ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणामा

छैठौं फर्निचर तथा फनिर्सिङ एक्स्पो, ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणामा

काठमाडौं, २६ भदौ । छैठौं फर्निचर तथा फनिर्सिङ एक्स्पो, ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणामा पुगेको छ । एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघ रहेको छ । असोज ४ गतेदेखि ८ गतेसम्म संचालन हुने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामाग्रीको स्टल रहने छन् ।

एक्सपोमा ख्याती प्राप्त नेपाली तथा अन्तराष्ट्रि ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी रहने बताइएको छ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैं अफरका साथ फर्निचर तथा फर्निसिङका कसामानहरु विक्रि वितरण समेत हुने आयोजकले जनाएको छ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवलोकर्ताहरुलाई लक्की ड्र मार्फत आकर्षक उपहार समेत वितरण गरिने छ । यस्तै प्रदर्शनी स्थलमा नै वास्तुशास्त्रका साथै इण्टिेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबोटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आकर्षण हुने आयोजकले जानकारी दिएको छ ।

फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिंग रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिंग, ग्लेन र डिलाइट रहेका छन् । एक्स्पोको छैठौं संस्करणको व्यवस्थापक इभेण्ट सोलुसन प्रा.लि. रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।

किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामाग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याटे«स, डेकोरेशन सामाग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x