Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाली पश्मिनाको निर्यात बढाउन पहल

नेपाली पश्मिनाको निर्यात बढाउन पहल

काठमाडौं, २६ भदौ । नेपाली पश्मिनाको बजारलाई छिमेकी मुलुक चिनमा विस्तार गर्नका लागि राजधानीमा आज एक अन्तरक्रिया आयोजना भएको छ ।

नेपाल पश्मिना औद्योगिक संघको आयोजनामा पश्मिना व्यापारी र चीनका सिआइसिएमटिका प्रतिनिधिबीच नेपाली पश्मिनाको बजार विस्तारको सम्बन्धमा छलफल भएको हो ।

वृहत बजारको सम्भावना भएको भएपनि नेपाली पश्मिना उद्योगले चिनको बजारलाई प्रयोग गर्न सकिरहेको छैन । हाल न्युन मात्रमा नेपाली पश्मिना चिन निर्यात भइरहेको छ । खस्किदो पश्मिनाको निर्यातलाई चिनको बजारमा मात्र वृद्धि गर्न सके समग्र पश्मिना उद्योगलाई नै टेवा पुग्ने देखिन्छ ।

अन्तरक्रिया कार्यक्रममा चिनका प्रतिनिधिहरुले नेपालको पश्मिाको निर्यात बढाउनका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x