Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

मदन भण्डारी राजमार्गको रिडी–तामघास सडक खोलियो, पहिरो हटाइयो

मदन भण्डारी राजमार्गको रिडी–तामघास सडक खोलियो, पहिरो हटाइयो

काठमाडाैं, २० असाेज । मदन भण्डारी राजमार्गको रिडी–तामघास सडक खण्डमा आज बिहान गएको सुख्खा पहिरो हटाइएपछि सवारी साधनको आवागमन पुनः सुचारु भएको छ।

रुरुचेत्र गाउँपालिका–३ मा बिहान आएको पहिरोका कारण सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक गंगाबहादुर सरुका अनुसार, पहिरोको ढुंगा र माटो हटाइएपछि सडकमा यातायात सामान्य अवस्थामा फर्किएको छ।

सडक सञ्चालनमा आएसँगै रोकिएका छोटो र लामो दुरीका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्। प्रहरीले जोखिम रहेका स्थानमा सावधानी अपनाउन यात्रुलाई आग्रह गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *