Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

लिची बगान घुस प्रकरणः दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लिची बगान घुस प्रकरणः दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं, २२ असोज । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुप्ता एमालेका नेता हुन् भने श्रेष्ठ नाउपाकी अध्यक्ष हुन्।

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

तत्काली संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता र बिचौलियाबीच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो–पोखरा बाटुलेचौर मार्गमा रहेको लिची सोही गार्डेन आफूले चाहेको व्यक्तिको नाममा दर्ता गराउन ती बिचौलियाले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्तासँग घुसको डिल गरेका थिए ।

उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ। अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *