Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

सेयर बजारमा आज पनि उच्च गिरावट, परिसूचक २५५९ मा झर्‍यो

सेयर बजारमा आज पनि उच्च गिरावट, परिसूचक २५५९ मा झर्‍यो

काठमाडौँ, २२ असोज । सेयर बजार परिसूचक आज पनि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्क घटेर २५५९ अङ्कमा कायम भएको हो । बजारमा आज ५ अर्ब ७६ करोडको कारोबार भयो ।

बजारमा कारोबार भएका कम्पनीमध्ये आज १८ कम्पनीको मूल्य बढेको छ । २३२ को घट्दा एउटाको स्थिर रहेको छ । आज बजारका सबै समूहमा गिरावट आएको छ । फाइनान्स र होटल समूह ३ प्रतिशत भन्दा धेरैले घटेका छन् । विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, घटेको छ ।

बजारमा आज आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको मूल्य ६.१२ प्रतिशतसहित सबैभन्दा धेरैले घट्यो ।

आज नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीको रूपमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *