Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हरितालिका तीज, देशभरको शिवालयमा भक्तजनको भिड

हरितालिका तीज, देशभरको शिवालयमा भक्तजनको भिड

काठमाडौं, २७ भद्रौ । आज हरितालिका तीज । भगवान शिवको पूजाआराधना गरी धुमधामका साथ मनाइँदैछ । तीजको अवसरमा काठमाडौंको पशुपतिनाथमा आज विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । त्यस्तै देशका विभिन्न स्थानमा रहेका शिवालयमा पनि श्रद्धालु भक्तजन पूजा आराधनाका लागि पुगेका छन् ।

हरीतालीका तीजमा नारीहरु निराधार ब्रत बसी शिवको पुजा आराधना गर्दछन् । सत्य युगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरी महादेव स्वामी पाउन कामना गरेकी थिइन् भन्ने धार्मिक विश्वास छ । त्यसपछि पार्वतीले महादेव स्वामी प्राप्त गरेको धर्मशास्त्रमा उल्लेख छ । त्यसै बेलादेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धार्मिक मान्यता रही आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x