मोरङ उद्योग संघद्वारा निर्यात अनुदान प्रक्रियामा रोकविरुद्ध आपत्ति

काठमाडाैं, २४ असाेज । उद्योग विभागले आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताहरूले बुझाउने निर्यात अनुदान आवेदन यस वर्ष प्रक्रिया नगर्ने निर्णयप्रति मोरङ उद्योग व्यापार संघले गम्भीर आपत्ति जनाएको छ।
संघका अनुसार, भुपरिवेष्ठित मुलुक नेपालका निर्यातकर्ताहरूले आर्थिक मन्दी र राजनीतिक संक्रमणका बीच पनि निरन्तर निर्यात गर्दै राष्ट्रका लागि आवश्यक वैदेशिक मुद्रा आर्जनमा योगदान दिँदै आएका छन्। यद्यपि, उद्योग विभागको उक्त सूचनाले निर्यातकर्ताको मनोबलमा दीर्घकालीन नकारात्मक असर पर्ने र सरकारका नीतिप्रति अविश्वासको वातावरण सिर्जना हुने संघले बताएका छन्।
मोरङ उद्योग व्यापार संघले आ.व. २०८१/८२ को स्वः घोषणा अनुसार अनुसूची–३ बमोजिमको ढाँचामा आवेदन दिनको लागि म्याद थप गर्नुपर्ने माग समेत गरेको छ।
साथै संघले मुलुकको वर्तमान वित्तीय सीमा, संक्रमणकालीन अवस्था र असहज परिस्थितिलाई ध्यानमा राख्दै बक्यौता देखिने निर्यात अनुदान रकम बराबरको बण्ड जारी गरी निर्यातकर्ताको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।
संघले निर्यात प्रवद्र्धन र औद्योगिक विकासलाई अघि बढाउन सरकारले तत्काल ध्यान दिनुपर्ने जोड पनि दिएको छ।