Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

विद्युतीय सवारीको बढ्दो मागसँगै एशियन ब्याट्रीको व्यापारमा २०% उछाल

विद्युतीय सवारीको बढ्दो मागसँगै एशियन ब्याट्रीको व्यापारमा २०% उछाल

काठमाडाैं, २४ असाेज । देशमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै ब्याट्री उद्योगको कारोबार पनि फस्टाएको छ। त्यसै क्रममा विराटनगरस्थित एशियन ब्याट्री कम्पनीले पछिल्लो आर्थिक वर्षमा २०.११ प्रतिशतले व्यापार वृद्धि गरेको जनाएको छ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले सन् २०२५ को अन्त्यमा ६२ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो, जुन अघिल्लो वर्षको ५१ करोड ७० लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। सन् २०२३ मा कम्पनीको कारोबार ४३ करोड रुपैयाँ र सन् २०२२ मा २२ करोड ५० लाख रुपैयाँ थियो।

कम्पनीको विवरणअनुसार सन् २०२१ देखि २०२५ सम्मको पाँच वर्षमा औसत वार्षिक २९ प्रतिशतको दरले व्यापार विस्तार भएको देखिन्छ।

नाफाको दृष्टिले पनि कम्पनीले निरन्तर सुधार गरेको छ। गत आर्थिक वर्षमा कम्पनीले ३.३९ प्रतिशत खुद नाफा कमाएको हो, जबकि अघिल्लो वर्ष यो २.३२ प्रतिशत मात्रै थियो।

एशियन ब्याट्रीले विद्युतीय सवारी साधनका साथै अटोमोटिभ र ट्युबलर ब्याट्री उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक ५४ मेट्रिक टन उत्पादन क्षमता रहेको छ।

कम्पनीका अनुसार आवश्यक कच्चा पदार्थको ७० प्रतिशत आन्तरिक बजारबाट आपूर्ति गर्दै आएको छ, जसले उत्पादन लागत घटाउने र बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्न सहज भएको छ।

उद्योगले विद्युतीय सवारी साधनको बजार विस्तारसँगै आगामी वर्षहरूमा अझ ठूलो कारोबार हुने अपेक्षा जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *