Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा १४ अंकको बृद्धि, ७२ करोड भन्दा बढीको कारोबार

सेयर बजारमा १४ अंकको बृद्धि, ७२ करोड भन्दा बढीको कारोबार

काठमाडौं, २८ भद्रौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार उकालो चढेको छ । बजार १४.१३ अंकले बढेर १२४४.८४ बिन्दुमा उक्लिएको छ ।

आज कारोबारमा आएका मध्ये निर्जीबन बीमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र नीजिनबीमा समूहको परिसूचक ११.१८ अंकले घटेपनि अन्य सबै समूहको परिसूचक उकालो लागेको छ ।

बैंकिङ समूहको परिसूचक १६.२, होटल ३२.१९, विकास बैंक ११.२७ र अन्य समूहको परिसूचक २२.२९ अंकले बढेको छ ।
सो दिन एक सय ७३ कम्पनीको ७२ करोड भन्दा बढीको सेयर किनबेच भएको छ । जसमा नेपाल सेवा लघुवित्त वित्तय संस्थाका लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने भागर्व विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

हिजो पनि बजार १३ अंकले बढेको थियो । हिजोको तुलनामा आज  बजार झिनो अंकले मात्र बढेपनि कारोबार रकम भने झन्डै दोब्बरले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x