Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

व्यापार, व्यवसायलाई घरसायी बनाउने गरि अनुगमन गर्दैनौ ः मन्त्री यादव

व्यापार, व्यवसायलाई घरसायी बनाउने गरि अनुगमन गर्दैनौ ः मन्त्री यादव

काठमाडौं, २८ भद्रौ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले अबका दिनमा सरकारी अनुगमनले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुको व्यापार व्यावसाय नै घरासायी हुने गरी अनुगमन नगर्ने प्रतिबद्धता गरेका छन् । बिहिबार उद्योग वाणिज्य महासंघद्धारा आयोजित इको टक कार्यक्रममा मन्त्री यादवले यस्तो प्रतिवद्धता गरेका हुन ।

नेपालमा उद्योगी व्यवसायीले व्यापारको नाममा अखाद्य वस्तु र कमसल वस्तुहरु बेची उपभोक्ता ठग्ने गरेका भन्दै उनले आफैले बजार अनुगमन गर्दा पनि व्यपारीहरुले सरकारी नीति नियम लागु नभएको बताए । सरकारले अन्य मुलुकबाट आयात गर्ने अनुमति दिएका सामानहरु भन्दा आयातमा अनुमति रोक्का गरिएका सामानहरु अवैधानिक तरिकाले आयात गरि कालो बजार गर्ने व्यवसायीहरु बढी भएकाले भन्दै मन्त्री यादवले अबका दिनमा सरकारले त्यस्ता व्यवसायीहरुलाई कडा कारबाही गर्ने बताए ।

सो कार्यक्रममा व्यवसायीहरुले उपभोक्ता संरक्षण सम्बन्धी कानुन तथा ऐन २०७५लाई संशोधन र एकिकरण गर्दा समेट्न आवश्यक कानुनहरुबारे सुझाव दिएका थिए । कार्यक्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पछिल्लो समयको बढ्दो व्यापार घाटा र बढ्दो डलरको भाउका कारणले उद्योगी व्यवसायीहरुको चिन्ता थपिएको गुनासो गर्दै यस्तो अबस्थामा सरकारी तथा नीजि क्षेत्रले स्वदेशी उद्योगहरुमा लगानी बढाउन आवश्यक रहेको बिचार व्यक्त गरिन । अध्यक्ष राणाले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री यादवले उद्योगी व्यवसायीहरुको हितमा आज सम्म गरेको कामहरुको प्रशंसा गर्दै उपभोक्ता संरक्षण सम्बन्धी कानुन तथा ऐन २०७५ मा उद्योगी व्यवसायीहरुको समस्याहरु समधान गर्दै मुलुकको अर्थतन्त्र वृद्धिमा सघाउ पु¥याउने ऐन निमार्ण हुने आशा व्यक्त गरिन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x