Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थमन्त्री–जापानी राजदूत भेट

अर्थमन्त्री–जापानी राजदूत भेट

काठमाडौं, २९ भदौ । जापानी राजदूत मासामिची सियागोले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटघाट गरेका छन् । भेटका क्रममा अर्थमन्त्री र राजदूतबीच जापानी सहयोग र नेपालको सामाजिक–आर्थिक विकासका लागि सम्भावित सहयायता परिचालनबारे विस्तृततमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।
भेटका क्रममा अर्थमन्त्री खतिवडाले नेपालको पूर्व–पश्चिम रेलमार्गका लागि जापानको एक्जिम बैंकबाट सहुलियत ऋण सहयोगका लागि प्रस्ताव राखेका थिए । त्यस्तै, सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेकाले पूर्वाधार आयोजना विकासका लागि ठूलो स्रोत परिचालन गर्न आवश्यक रहेको अर्थमन्त्रीको भनाई थियो ।
उक्त अवसरमा जापानी राजदूतले सिन्धुली बर्दीबास सडकखण्डको मर्मत सम्भार तथा विस्तार सम्बन्धि सम्झौतापत्र छिटै आदानप्रदानका लागि आग्रह गरेका थिए । यो सडकको केही खण्डमा २०७२ को महाभूकम्पका कारण क्षति पुगेको छ । त्यस्तै, उनले उच्च आर्थिक वृद्धिका लागि हरेक क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने भएकाले नेपालले लगानीको वातावरण निर्माण गरी बाह्य लगानी आकर्षित गर्न अर्थमन्त्री खतिवडालाई सुझाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x