Date

मङ्ल, अशोज २८, २०८२
Tue, October 14, 2025

ललितपुरमा अनधिकृत विज्ञापन टाँस्ने कम्पनीलाई जरिवाना

ललितपुरमा अनधिकृत विज्ञापन टाँस्ने कम्पनीलाई जरिवाना

काठमाडाैं, २७ असाेज । ललितपुर महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा विज्ञापन टाँसेको अभियोगमा एग्रो थाई फुड प्रा.लि.लाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।

महानगरका अनुसार उक्त कम्पनीले उत्पादन गर्ने इनर्जी ड्रिङ्कका पर्चा सडक किनारका पोलहरूमा टाँसेको भेटिएपछि आइतबार अनुगमन टोलीले कारबाही गरेको हो।

महानगरको रसिदमा उल्लंघनको कारण ‘अनाधिकृत विज्ञापन’ लेखिएको छ। महानगरले सार्वजनिक स्थलको सौन्दर्यमा नकारात्मक प्रभाव पार्ने र फोहोर फैलाउने गतिविधि अस्वीकार्य रहेको बताएको छ।

साथै, आगामी दिनमा यस्तो कार्य दोहोर्याएमा कडा कारबाही गर्ने चेतावनी दिँदै, व्यावसायिक प्रचारप्रसारका लागि महानगरको पूर्वअनुमति लिन व्यवसायीहरूलाई आग्रह गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *