नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ उच्च रेकर्ड

काठमाडाैं, २७ असाेज । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै नयाँ उच्च स्तरमा पुगेको छ। हिजो एकैदिन ३००० रुपैयाँले बढेको सुनको मूल्य आज प्रति तोला २,४०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ४० हजार ४०० रुपैयाँ कायम गरिएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार ३,१२५ रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदीको मूल्य आज ३,२२० रुपैयाँ पुगेको छ।