
विबेक नागरीक
कैलाली, ३० भदौ । राष्ट्रिय गौरवको रानी–जमरा–कुलरीया सिँचाई आयोजना अन्र्तगत पर्ने लम्की शाखा नहर विस्तारको काम अत्यन्त ढिलोगरी मात्र सुरु भएको छ । आयोजना प्रवाभित क्षेत्रको रुख काट्ने काम सकिए पनि रुखको जरा उखल्ने काममा ढिलाईका कारण हाल सिँचाई आयोजना निमार्णमा ढिलाई भएको हो ।
६ हजार हेक्टर जमिन सिचाईका लागि निर्माण गर्न लागिएको लम्की शाखा नहर विस्तारको काम २०७३ साल भाद्र २३ गते ठक्का सम्झौता भई २०७५ असार ३१ मा समापन हुनुपर्नेमा केही दिन अघि मात्र काम सुरु गरिएको छ ।
एक अर्व ७१ करोड रुपैया ठेक्का स्वीकृत भएको आयोजना निर्माणको क्रममा पर्ने ० देखि ६ किलोमिटर क्षेत्रमा काटिएको जरा हटाउँन वन कार्यालयले समयमै स्वीकृत नदिदाँ र ६ देखि १४ किलोमिटर क्षेत्रमा पर्ने आवादी जमिनमा मुआब्जाका कारण काम ढिलो गरि मात्र सुरु भएको हो ।
आयोजनाले वन विभागको स्वीकृतीमा नहर निर्माणको ठेक्का पाएको कालिका कुमार जेभीलाई २०७४ चैत ८ गते डुँडेझारी देखी लम्की सम्मको ६ किलोमिटरमा २ हजार ६८८ रुख काट्न आदेश दिएको थियो । २०७५ असार १० गते भित्र सबै रुख काटेर सम्बन्धित ठाउँमा घाटगद्दी समेत गरिएको थियो । तर, रुख काटेसँगै निर्माण पक्षले २०७५ भाद्र १३ गतेदेखी जरा उखेल्ने काम सुरु गरेको थियो ।
२०७५ भदौ २० गते इलाका वन कार्यालय लम्कीले अर्को आदेश नभएसम्मका लागि जरा उखेल्ने कार्य रोक्न भनेको निर्माण कम्पनीले जनाएको छ । वन कार्यालयले रुख काट्न र जरा उखेल्नका लागि छुट्टाछुट्टै आदेश चाहिने भन्दै नहर निर्माण कार्यमा अवरोध सिर्जना गरेकोले काट्न र उखेल्न छुट्टाछुट्टै आदेश चाहिन्छ भनेपछि आदेशको पर्खाइमा बस्दा निर्माणमा समस्या भएको आयोजना प्रबन्धक सुनिल पौडेलको भनाइ छ ।
यसअघि नहर क्षेत्रमा पर्ने रुख काट्ने आदेशमा समेत दुई वर्ष ढिलाई भएको थियो । ठेक्का सम्झौता भएको केही समयमै रुख काट्ने आदेश पाउनुपर्नेमा ढिलाई भएका कारण नहर निर्माणको काम सम्पन्न हुने मिति बितिसक्दा समेत अन्यौलमा छ । गत आर्थिक् वर्ष सम्ममा नहर निर्माणको काम भौतिक रुपमा २० प्रतिशत मात्रै सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीले रुख काट्न आदेश लिन नपर्ने केही खोलानालामा भने नहरको संरचना तयार पारिसकेको छ । रोरा खोला अन्र्तगतको बर्गदा, बसुता र खत्यानीमा संरचना तयार गरेको छ । कम्पनीले अवरोध नभएका ठाउँमा काम गरिसकेको र सरकारी पक्षबाटै काममा अवरोध भएका कारण नहर निर्माणमा ढिलाई भएको आयोजना प्रबन्धक पौडेल जानकारी दिएका छन् छ । नहर निर्माणको काम ठप्प हुँदा आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नु परेको निर्माण कम्पनीले जनाएको छ ।
सिचाई आयोजनाका ईन्जिनियर कृष्णबहादुर बिष्टले वन कार्यालयको ढिलासुस्तीले समस्या आएको बताएका छन् । रुख काट्न आदेश दिने निकायले जरा उखेल्न अर्को आदेश नदिदा काममा रोकावट आएको बिष्टको भनाई छ ।
कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाई सुविधा पु¥याउने उद्देश्यले सिँचाई आयोजना निर्माण सुरु भएको हो । नेपाल सरकार, विश्व बैंक र स्थानीयको लगानीमा आयोजना निर्माण भइरहेको छ । करिव १२ अर्बको आयोजनामा सात अर्ब नेपाल सरकार, पाँच अर्ब विश्व बैंक र १० करोड बराबरको स्थानीयको जनश्रम दान रहेको छ ।
Leave a Reply