१ बर्ष भित्र फोरजी परियोजना संचालन गर्न निर्देशन

काठमाडौं, २० पुस ।   सरकारले १२ महीनाभित्र नेपाल टेलिकमलाई फोरजी परियोजना सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । सरकारले यसअघि साढे तीन वर्षमा फोरजी सञ्चालनका लागि गरिएको बोलपत्र आह्वान गरेकोमा त्यही रकममा १२ महीनामा सक्ने गरी टेलिकम र निर्माण कम्पनीलाई निर्देशन दिएका हो । उक्त परियोजना रु १९ अर्ब नौ करोडमा ठेक्का दिइएको छ । […]

आयल निगमको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम छनोट

काठमाडौं, १४ पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि पाँच जना छनोटमा परेका छन् । निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र मामला अध्ययनसमेतको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो । छनोट हुनेमा अनिलकुमार झा, रामप्रसाद धिताल,तारानाथ पौडेल, सुरेन्द्रकुमार पौडेल र लोकबहादुर […]

हुपेई प्रान्तका चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी […]

नेपाल कतार बीच व्यापार र लगानी अभिवृद्धि गर्न परिसंघले प्रवद्र्धनात्मक भूमिका खेल्ने

काठमाडौं, १४ कात्तिक । कतार भ्रमणमामा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक १३ गते कतार स्थित विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी–व्यवसायीहरुको सहभागिता एक अन्तरकृया कार्यक्रममा सहभागी हुनु भएको थियो । उक्त अन्तरक्रियात्मक कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा व्यवसाय एवम् लगानीका अवसरहरु बारेमा कार्यपत्र प्रसतुत गर्दै नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको पुष्टिगत धारणा […]

फस्र्ट माइक्रोफाइनान्सको खुद मुनाफामा कमि

काठमाडौं, ०६ कात्तिक । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफामा कमि आएको छ । वित्तीय संस्थाकोे चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा ४.४ प्रतिशतले कमि आएको छ । लेखापरीक्षण नभएको तथ्यांक अनुसार समिक्षा अवधीमा संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा २ करोड ४१ […]