Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

अर्थमन्त्री खतिवडाले भने श्वेतपत्र मुलुकको यथार्थ तस्विर हो

अर्थमन्त्री खतिवडाले भने श्वेतपत्र मुलुकको यथार्थ तस्विर हो

काठमाडौं, २१ चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र मुलुकको पछिल्लो अवस्थाको यथार्थ तस्वीर भएको बताएका छन् । प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर मन्त्री खतिवडाले श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित भएको प्रष्ट पारे ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका सांसदले मुलुकको अर्थतन्त्र रित्तो अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको टिप्पणी गरेका थिए ।

सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत जानकारी गराएको बताए । उनले राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सरकार सचेत छ भन्दै यसको अर्थ निजीकरणलाई रोक्न वा बन्द अर्थतन्त्र ल्याउन खोजिएको भन्ने नबुझ्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x