Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

चाइना रेल वे २५औँ ब्यूरोलाई मोनो रेल सम्भाव्यता अध्ययनको जिम्मा

चाइना रेल वे २५औँ ब्यूरोलाई मोनो रेल सम्भाव्यता अध्ययनको जिम्मा

काठमाडौँ, जेठ १२ ।  काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ ।

कम्तिमा ६ महिना भित्र सम्भाव्यता अध्ययन गर्ने गरि  महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौँको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रबन्धक होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो । सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गर्नुपर्ने छ ।

यस सम्झौताअनुसार रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिश जिम्मा समेत सो कम्पनीलाइ दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x