श्रमिकका समस्या समाधान तथा श्रम बजार सुधारका लागि श्रम मन्त्रालयकाे श्रमाधान याेजना
काठमाडाैं, १९ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमदान वृहत याेजना ल्याएकाे छ । ‘मर्यादित काम श्रमिककाे सम्मान हाम्राे अभियान’ भन्ने नारासहित मन्त्रालयले उक्त याेजनाकाे घाेषणा गरेकाे हाे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले यस कार्यक्रमले नेपाली नागरिककाे श्रम र राेजगार सम्बन्धी बहुआयामिक आवस्यकताकाे एकद्वार प्रणालीद्वारा सम्बाेधन गर्ने उदेश्य राखेकाे बताए ।
श्रम दानकाे पहिलाे चरणमा ७ श्रेत्रसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएका छन् । इन्द्रेणीका ७ रङसँग मेल खाने गरी प्रत्ययेक कार्यक्रमलाइ एक विशेष रङसँग जाेडीएकाे मन्त्री अर्यालले बताए । जसले प्रत्यये कार्यक्रमकाे उदेश्य र महत्वलाइ प्रतिविम्वित गर्ने उनकाे भनाइ छ ।
श्रमधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन मन्त्रालयले प्राथमिकताका साथ सरू गरेकाे मन्त्री अर्यालले बताए ।