Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

चीनमा नेपालसम्बन्धी अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता

चीनमा नेपालसम्बन्धी अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता
काठमाडाैं, ५ पाैष । पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तरराष्टिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको रुद्राक्षको माला लगाएर विदाई गरे ।
काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्तु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी अायाेजना गरिएको हाे । दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तिमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्न अपेक्षा गरिएको छ । प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै  चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशे ढुंगा सावित हुने बताए । चीन नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्तु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार ब्यक्त गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारण विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत गर्न सकिने बताए । अन्य गन्तब्यको तुलनामा नेपालमा जाने चिनियाँ पर्यटकको संख्या थोरै भएकोले फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको बताए ।
कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेइजिंगस्थित नेपाली राजदूताबास, सिछुवान प्रान्तीय र छन्तु नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लबलगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो । प्रतियोगिताको अवधिभर सन् २०१८ मा कम्तिमा २० हजार चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरुमार्फत सन् २०१९मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल लैजान सकिने सोसाइटीको प्रक्षेपण गरेको छ । उद्धाटन कार्यक्रममा सिछुवान प्रान्त र छन्तु नगरपालिकाका उच्च पदस्था सरकारी अधिकारी, स्थानीय पर्यटन ब्यवसायी, फोटाग्राफर क्लबका अधिकारी, पत्रकार, छन्तुमा अध्ययनरत नेपाली विद्यार्थीलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x