Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

धुलो धुँवाको दीर्घकालीन समाधान खोज्न आग्रह

धुलो धुँवाको दीर्घकालीन समाधान खोज्न आग्रह

काठमाडौं, २९ फागुन । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधि मण्डलले जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितज्यू संग भेटघाट गर्यो । उक्त अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभावबारे आफ्नो धारणा राखेका थिए । यसै सिलसिलामा धुँवा धुलोका कारण काठमाडांैमा पैदल यात्रा गर्न समेत कठिनाई भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको तर्पm ध्यानाकर्षण गराउँदैै यस अवस्थाको दिर्घकालीन समस्या समाधान खोजिनु आवश्यक रहेको बताए ।
उक्त अवसरमा वातावरणीय प्रदुषणलाइ न्युन गर्न उच्च गुणस्तरीय डिजेल लगायत पेट्रोलियम पदार्थ हुनुपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने तथा २० वर्ष भन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो । उक्त अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिकावारे बोल्दैै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाइ सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्ने तर्फ ध्यानाकर्षण गराए । वातावरण स्वच्छ राख्ने सन्दर्भमा प्लाष्टिकका सबै उद्योगहरुको सन्दर्भमा नभइ प्लाष्टिक झोलाको उत्पादन तथा वितरणमा नियन्त्रण गर्नुपर्ने स्पष्ट पारे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x