Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

नेपाल लाईफ इन्स्योरेन्सले नाफा १५ प्रतिशतले बढायो

नेपाल लाईफ इन्स्योरेन्सले नाफा १५ प्रतिशतले बढायो

काठमाडौं, ३० साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा ४७ करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। बीमाङ्कीय मूल्याङ्कन तथा लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार यो मुनाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष लेखापरिक्षण हुनु भन्दा अघिको नाफा ४१ करोड रुपैयाँ थियो । त्यस्तै कम्पनीले गत वर्ष बीमा शुल्क आर्जन ३२ प्रतिशतले बृद्धि गर्दै १६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

लगानी तथा व्याज आम्दानीबाट तीन अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले गत वर्ष खुद दाबी भुक्तानी ५ अर्ब ४३ करोड रुपैयाँको गरेको छ भने बाँकी दाबी भुक्तानी ७३ करोड ९४ लाख रुपैयाँको गरेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x