Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेपाल सेवा लघुवित्तको प्राथमिक शेयरको बाँडफाँड

नेपाल सेवा लघुवित्तको प्राथमिक शेयरको बाँडफाँड

काठमाडौं, २३ वैशाख । नेपाल सेवा लघुवित्तको प्राथमिक शेयरको बाँडफाँड गरिएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार प्राथमिक शेयरको बाँडफाँड गरेको हो । क्यापिटलले गोलाप्रथाबाट १६ हजार ७४० जना आवेदकहरुलाई १० कित्ताका दरले साधारण शेयर बाँडफाँड गरेको जनाएको छ ।

लघुवित्तको प्राथमिक शेयरको लागि २ लाख ५ हजार ३८६ जनाले आवेदन दिएका थिए । जसमा २ लाख ४ हजार ८३८ जना आवेदकहरुको आवेदन स्विकृत गरिएको छ । बाँकी भएका ५४८ जना आवेदकहरुको आवेदन रद्द गरिएको थियो ।

लघुवित्तले वैशाख १२ गते १६ हजार ७४० आवेदकहरुलाई एक सय रुपैयाँ अंकित मुल्य भएको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत वा ३६०० कित्ता शेयर कर्मचारीहरु, ५ प्रतिशत वा ९ हजार कित्ता शेयर संचालनमा रहेका सामुहिक लगानी कोषहरु र बाँकी रहेका १ लाख ६७ हजार चार सय कित्ता शेयर साधारण लगानीकर्ताहरुका लागि छुट्टाइएको थियो ।

यस प्राथमिक निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको थियो । लघुवित्तको हाल चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । प्राथमिक निष्कासन पछि लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x