वोमी माइक्रोफाइनान्सले पायो ३० प्रतिशत हकप्रद शेयर निष्कासनको स्विकृती

काठमाडौं, २३ वैशाख । नेपाल धितोपत्र बोर्डले वोमी माइक्रोफाइनान्सलाई हकप्रद शेयर निष्कासन गर्नको लागि स्विकृती दिएको छ । माइक्रोफाइनान्सले १० बराबर २ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्विकृती पाएको हो ।
माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७ करोड ७७ लाख रुपैयाँबाट १० करोड १० लाख रुपैयाँ पुग्ने छ ।