सातौं नेपाल जडिबुटि आर्युवेदिक एक्स्पोमा ४ करोड ५० लाख रुपैयाँको कारोवार

काठमाडौं, २३ बैशाख । नेपाल जडीबुटी तथा जडिवुटी उत्पादक संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको नेपाल जडिवुटि आयुर्वेदिक एक्स्पोमा करिब ४ करोड ५० लाख रुपैयाँको कारोवार भएको संघका अध्यक्ष गोविन्द घिमिरेले बताए । यो एक्स्पो वैशाख २१ गतेदेखि २३ गते आजसम्म संचालनमा रहने छ ।

७५ वटा स्टल रहेको एक्स्पोमा करिब २५ हजारले अवलोकन गरेको घिमिरेले वताए । उक्त एक्स्पोमा ब्रान्डेड आर्युवेदिक औषधि, सौन्दर्यका सामाग्री, सुगन्धित तेल, नेपाली मसला, आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य परार्मश सेवा, पोषण युक्त सेवा, अर्गानिक कृषिजन्य उत्पादन, चिया तथा कफि, कृषि यान्त्रिक उपकरण तथा प्याकेजिङ्ग, फोटो प्रर्दशनी, औषधी जन्य जडिवुटी बिउ विरुवा नर्सरि साथै औषधिजन्य उत्पादनसम्वन्धि सेमिनार रहेको थियो ।

उक्त एक्स्पोमा नेपाली जडिबुटीको प्रवद्र्धन तथा प्रयोगमा नेपालीहरुको सहभागिताका साथै जानकारी होस भन्ने उद्धेश्यले सञ्चालन गरिएको आयोजकले घिमिरेले जानकारी दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *