Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

हिरोका नयाँ मोटरसाइकल र स्कुटर नेपाली बजारमा

हिरोका नयाँ मोटरसाइकल र स्कुटर नेपाली बजारमा

काठमाडौं, २२ बैशाख । नेपालको लागि हिरो मोटरसाइकलको आधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिल हिरो कम्पनीको नयाँ मोटर साइकल र स्कुटर नेपाली बजारमा भित्र्याइएको छ ।कम्पनीले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि ग्यामर एसभि मोटरसाइकल र डियोट स्कुटर सार्वजनिक गरेको हो ।

ग्यामर एसभि मोटरसाइकलमा जडित आइथ्रि एस टेक्नलजी, १ सय २५ सिसि इन्जिन, ट्युवलेस टायर, मस्कुलर एण्ड स्कुटी डिजाइनले नेपाली मोटरसाइकल पारखीहरुलाई थप आकर्षित गर्ने बताइएको छ । विभिन्न कलरमा उपलब्ध हुने यस मोटरसाइकलको बजार मूल्य १ लाख ९३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाली प्रयोगकर्ताले निकै रुचाएको कारण डियोट स्कुटरलाई परिस्कृत र परिमार्जित गरि नयाँ संस्करण बजारमा ल्याइएको कम्पनीले जनाएको छ । स्कुटीमा एड्भान्स इनर्जी, एक्स्ट्रा पावर डेलिभरी, एक्स्ट्रा पिक अप क्षमता रहेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य भने १ लाख ७९ हजार ५ सय रुपैयाँ रहेको छ । यी मोटरसाइकल र स्कुटर नेपालको भौगोलिक अवस्थाका कारण पनि उपयूक्त हुने रहेको कम्पनीको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x