Date

मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

पत्रकार निराज रानाभाटलाई ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस तथा रजत जयन्ती ’ को विशेष अवसरमा ‘ उत्कृष्ट कृषि पत्रकार ’ बाट सम्मान

पत्रकार निराज रानाभाटलाई ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस तथा रजत जयन्ती ’ को विशेष अवसरमा ‘ उत्कृष्ट कृषि पत्रकार ’ बाट सम्मान
ललितपुर । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सक्रिय पत्रकार निराज रानाभाटलाई सम्मानित गरेको छ ।
ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस ’ पारेर ‘ रजत जयन्ती ’ मनाउनुका साथै भव्य रुपमा संघले स्थापनादेखि अहिलेसम्म गरेको महत्वपूर्ण कार्यहरु, ललितपुर जिल्लामा दुग्ध क्षेत्रमा भएका महत्वपूर्ण गतिविधिहरु, दुग्धसँग सम्बन्धित विभिन्न ज्ञादवर्दक सामग्रीहरु समेटेको ‘ स्मारिका पुस्तक प्रकाशन, दुग्धजन्य पदार्थ एवं प्रविधि प्रर्दशनी तथा दुग्ध क्षेत्रका समस्या र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम ’ मा पत्रकारिता मार्फत किसानहरुको हरेक कार्यक्रममा उपस्थित भई किसान तथा दुग्ध क्षेत्रको आवाजलाई प्रचारप्रसार गरेर सहयोग पुर्याएको योगदानको उच्च कदर गर्दै संघको ‘ २८ औं स्थापना दिवस तथा रजत जयन्ती ’ को विशेष अवसरमा ‘ उत्कृष्ट कृषि पत्रकार – २०८२ ’ बाट आज सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा  वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुसूदन पौडेलले निराज रानाभाटलाई टीका, दोसल्ला, नगद तथा सम्मान – पत्र प्रदान गरेका हुन् ।
संघले ललितपुरको टाहाखेल ( चापागाउँ ) स्थित हिमशिखर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पत्रकार रानाभाटसहित संघका पूर्व अध्यक्षहरु, पूर्व कर्मचारीहरु तथा ललितपुर जिल्लाको ६ वटै स्थानीय निकायका १/१ जना किसानहरुलाई पनि सम्मान गरेको थियो । सम्मानित पत्रकार निराज रानाभाटले सम्मान गरिदिएकोमा संघलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि प्रचारप्रसार र प्रवर्द्धनमा सक्रिय रहिरहने प्रतिवद्धता जनाए ।
यसअघि निराज रानाभाट पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएशन एवं विभिन्न सरोकारवाला संस्थाहरुले आयोजना गरेको ‘ राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम – २०८१ ’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालय ( पशुपन्छीतर्फ ) का सचिव डा. राजेन्द्र प्रसाद मिश्रबाट सम्मानित, विश्व प्रकृति संरक्षण नेपाल को आयोजना तथा वाग्मती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, टोखा नगरपालिका, रैथाने एग्री प्रडक्ट्स नेपाल एवं विभिन्न संस्थाहरुको सहकार्यमा आयोजना गरिएको ‘ बृहत् कृषि मेला – २०८२ ’ मा कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलबाट सम्मानित, तरकारी उत्पादक किसान संघ नेपालको ‘ प्रथम बैठक एंव घोषणा पत्र सार्वजनिक तथा किसान / पत्रकार सम्मान समारोह – २०८२ ’ मा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष डा. प्रेम दंगाल र तरकारी उत्पादक किसान संघ नेपालकी अध्यक्ष माया के.सी. ( गौतम ) बाट सम्मानित, इभर ग्रीन मिडिया नेटवर्क प्रा.लि. द्दारा संचालित कृषि पत्रिका डट कमले आयोजना गरेको ‘ कृषि मन्थन ’ मा कृषि, सहकारी तथा प्राकृतिक स्रोत सतितिका सचिव शिवदत्त बराल र कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलबाट सम्मानित, विश्व दूध दिवस २०२५ को अवसरमा नेपाल डेरी एसोसिएशनको आयोजना तथा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवालाहरुको सहकार्यमा भएको आयोजित ‘ कविता प्रतियोगिता ’ मा नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले प्रशंसा – पत्र प्रदान गरेर सम्मान, रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिले आयोजना गरेको ‘ नव वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम २०८० ’ मा रानाभाट / भाट समाज नेपालको केन्द्रीय कार्य समितिको अध्यक्ष बाबुराम रानाभाटबाट सम्मानित, रानाभाट / भाट समाज काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित ‘ नव वर्ष २०८१ को शुभकामना आदानप्रदान, भित्ते पात्रो विमोचन तथा सम्मान कार्यक्रम ’ मा रानाभाट / भाट समाज काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष रेशम रानाभाटले मायोको चिनो प्रदान गरेर सम्मान लगायत विभिन्न संघ / संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सम्मानित भएका छन् ।
निराज रानाभाटले विभिन्न जिल्लामा रहेका विद्यालय, विभिन्न संघ / संस्थाहरु साथै अशक्त व्यक्तिहरुको लागि आर्थिक सहयोग समेत गर्दै आइहरेका छन् । त्यस्तै, रानाभाटले मरणोपरान्त अंगदान, आँखा दान र छाला दान गर्ने भनेर वि.सं. २०७६ सालमा भक्तपुरको शहीद भक्तधर्म राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्रमा पुगेर मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामा पत्रमा हस्ताक्षर, काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर आँखा दान गर्ने घोषणा तथा काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा पुगेर मृत्युपछि छाला प्रत्यारोपण गर्ने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन् । रानाभाट विगत १ दशकदेखि कृषि, आर्थिक, शिक्षा, स्वास्थ्य, खेलकुद मनोरञ्जनलगायतका क्षेत्रमा कलम चलाइरहेका छन् । जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कमका प्रबन्ध निर्देशक / सम्पादक समेत रहेका निराज रानाभाट पछिल्ला वर्षहरूमा विशेषगरी कृषि क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन्, भने कृषि पत्रिका, भिजन न्युज नेपाल, समाचार कुञ्ज डट कम, फरक दृष्टि, सगरमाथा पाना डट कम, द न्युज शोरु डट कम, लाइफ खबर डट कम, राज्यदैनिक डट कमलगायतका विभिन्न मिडिया आबध्द छन् । विभिन्न संघ / संस्थाहरुले देशको विभिन्न स्थानमा आयोजना गरेको मेला / महोत्सव, तालिम, प्रदर्शनी, आदिमा रानाभाट सहभागी समेत हुने गरेका छन् । रानाभाट लमजुङमा जन्मिएर चितवनको भरतपुरमा बस्दै आएका र हाल ललितपुरमा बस्ने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *