Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पुष्पमेलामा ६५ लाखको कारोबार

काठमाडौं, ३ बैशाख । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा संचालित फ्लोरा एक्स्पो (पुष्प मेला) मा आज सम्म करिब ६५ लाख रुपैयाँको कारोबार भएको छ । चैत ३० गते देखि संचालित मेलामा पुष्प मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो सहित कृषि औजार तथा उपकरणहरुको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ ।

त्यस्तै मेलाको करिब ६५ हजारले अवलोनक गरेको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिए । एक्स्पोमा ६५ वटा ब्यावसायीक स्टल, ४ वटा ल्याण्डस्केपिङ्ग, १ वटा ल्याण्डस्केपिङ्ग, १० वटा अफिसियल स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहेको छ ।

मेलामा सहभागी भएका बिभिन्न पुष्प ब्यवसायीहरुद्धारा उत्पादित फूल बिरुवाहरु विच प्रतिस्पर्धा गराई विभिन्न १० विधाहरुमा पुरस्कृत समेत गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x