Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

फस्टाउदै पुष्प व्यवसाय, काठमाडौंको उपत्यका बाहिर पनि माग बढ्दो

फस्टाउदै पुष्प व्यवसाय, काठमाडौंको उपत्यका बाहिर पनि माग बढ्दो

युवराज पन्त

काठमाडौं, १२ चैत । सुख होस् वा दुःख, सम्मान देखि उपहारसम्म प्रायः सवै कार्यमा फूल(पुष्प) को प्रयोग गरिन्छ । जसको कारण पछिल्लो समय राजधानी काठमाडौंमा फूलको व्यवसाय निकै फँस्टाउदै गएको छ ।

काठमाडौंको कमलादीमा सबनाम श्रेष्ठ विगत २५ वर्ष देखि निरन्तर पुष्प ब्यावसाय गर्दै आएकी छिन् । तीन जना महिला र पाँच जना पुरुष कामदार सहित पुष्प ब्यावसाय गर्दै आएकी उनी यस क्षेत्रमा निकै ठुलो सम्भावना देखिन्छन् । लिलि, अर्किड, सयपत्री माला, जिप्सी, गुलाफ, रजनीगन्ध जस्ता फूलहरु भारत, थाइल्याण्ड, रसिया लगायत युरोपीयन मुलकहरुवाट आयात गरेर व्यापार गर्ने गरेको उनले बताइन । त्यस्तै उनको पसलमा रहेको गुलाफ, जरवेरा, कारमेसन, ग्लाड जस्ता फूल भने नेपालमै उत्पादित हुन । उनको पसलमा मात्रै दैनिक २० हजार देखि २५ हजार रुपैयाँ हाराहारीमा कारोबार हुने गरेको छ ।

त्यस्तै कमलादीकै अर्का पुष्प व्यासायी राजु तामाङको पसलमा पनि सो अनुपातमा दैनिक फुलहरु बिक्री हुने गरेको छ । विशेष गरि नयाँ वर्ष, तिहार, भ्यालेन्टाइन, जन्मदिवस तथा बिवाहको सिजनमा त अझ बढी कारोकार हुने गरेको व्यवसायी तामाङले बताए । बाहिरी मुलुकबाट आयात भएका प्राकृतिक फुलहरुलाई विशेषगरि विभिन्न सभा, समारोहका साथै शुभकार्यहरुमा लैजाने र आर्टिफिसीयल फूल भने प्रायः घर तथा अफिस सजाउन चाहने उपभोक्ताको रोजाईमा पर्ने गरेको व्यवसायी सबनाम श्रेष्ठले बताइन । उनीहरुका अनुसार पछिल्लो समय काठमाडौं उपत्यका सहित चितवन, गोरखा, धादिङ, पोखरा, धनगढीसम्म फूलको राम्रो माग भइरहेको छ ।

पुष्प व्यवसायीहरुको छाता संगठन नेपाल फ्लोरीकल्चर एसोसिएसन (फ्यान)का अनुसार नेपालमा उत्पादित फूलको मात्र वार्षिक रुपमा १ अर्व १५ करोड ५७ लाखको कारोबार भइरहेको छ । नेपालको ३८ जिल्लाको १ सय ३७ हेक्टर क्षेत्रफलमा फुलको खेती भइहरेको छ । जसबाट ४० हजार भन्दा बढीले प्रतयक्ष,अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x