Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

यसरी पत्ता लगाउन सकिन्छ हराएको मोबाइल

यसरी पत्ता लगाउन सकिन्छ हराएको मोबाइल

आफ्नो मोबाइल फोन हरायो भने जसलाई पनि तनाव हुन्छ । एकातर्फ पैसाको क्षति, अर्कोतर्फ मोबाइलमा सेभ गरेका तमाम फोन नम्बरहरु फेरि जुटाउने झन्झट ।

तर जति होशियारी अपनाए पनि मोबाइल हराउन सक्ने खतरा जहिले पनि हुन्छ । हराएको मोबाइल हत्पत्ति भेटिदैन पनि । तर, हामी यस्तो उपाय सिकाउदैछौं जसले कम्तिमा हराएको मोबाइल कुन स्थानमा छ भनेर पत्ता लगाउन सकिन्छ । यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । निम्नलिखित प्रक्रिया अनुशरण गर्नुस्स्

पूर्वसावधानी

फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ । यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गूगल सेटिङमा जानुस् । त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ । यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ ।

कम्प्युटरबाट ट्र्याक गर्ने

यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुस । याँ तपाईले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । ध्यान राख्नुस् कि तपाईंले त्यही इमेल आइडी यहाँ राख्नुपर्छ । जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई तपाईंले राख्नुभएको थियो । त्यसपछाडि एउटा नक्शा देखिन्छ । यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्र्याक गर्छ र यसको लोकेसन देखाइदिन्छ । जुन ठाउँमा तपाईंको फोन हुन्छ त्यसको पुरा ठेगाना देखाइदिन्छ ।

यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ । रिङ अप्सनमा क्लिक गर्दा तपाईंको फोनको घन्टी बज्छ । लक अप्सनमा जाँदा स्त्रिनमा पासवर्ड हाल्नुपर्ने हुन्छ । इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईंका सबै निजी डाटाहरु मेटिन्छन् ।
अनलाइनखबर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x