Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

लगानी बोर्ड भन्छ, पश्चिम सेती जलविद्युत आयोजना चिनिया कम्पनीबाट खोसिएको छैन

लगानी बोर्ड भन्छ, पश्चिम सेती जलविद्युत आयोजना चिनिया कम्पनीबाट खोसिएको छैन

काठमाडौ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको आश्नन चीन भ्रमणमा नजिकिदै गर्दा सरकारले बजेट बक्तब्यमा पश्चिम सेती जलविद्युत आयोजना स्वादेशी लगानीमा बनाउने भनि समावेश गरेको बिषयलाई लगानी बोर्डले इन्कार गरेको छ ।

बोर्डले एक बक्तव्य निकालेर पश्चिम सेती जलविद्युत आयोजनाको बारेमा लगानी बोर्डले कुनै निर्णय गरिनसकेकाले चिनियाँ कम्पनीबाट खोसिएको भन्ने समाचारप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डको विज्ञप्तीमा भनिएको छ- ‘७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको बारेमा लगानी बोर्डले कुनै निर्णय गरिनसकेकाले चिनियाँ कम्पनीबाट खोसिएको भन्ने समाचारप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।’

पश्चिम सेती आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी थ्री गर्जेज ले आयोजना आर्थिक रुपमा सम्भाव्य बनाउन थप स्पष्ट हुन पत्राचार गरेकोमा २०७४ फागुन २५ गतेको लगानी बोर्डको २९ औं बोर्ड बैठकले यस सम्बन्धमा सुझाव दिन समिति गठन गरेको थियो।समितिले आयोजना बनाउन आर्थिक रुपमा के कती सम्भव छ भन्ने प्रतिवेदन लगानी बोर्डलाई बुझाइ सकेको छ।

चिनियाँ कम्पनी निर्माणमा अग्रसर नभएपछि बजेटमार्फत सरकारले आयोजना आफैं निर्माण गर्ने घोषणा गरेको थियो ।  बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९मा पश्चिम सेती आयोजना चिनियाँ प्रवर्द्धक कम्पनी चाइना थ्री गर्जेज इन्टरनेश्नल कर्पोरेशन (सिटिजिआईसि) लाई जिम्मा दिइएको थियो। चिनियाँ र नेपाली लगानीमा बन्ने आयोजनामा ७५ प्रतिशत लगानी सिटिजिआईले गर्ने र २५ प्रतिशत लगानी नेपाल सरकारको तर्फबाट लगानी गर्ने समझदारी बनेको थियो।

बजेटमा सरकार आफैले निर्माण गर्ने भनेर उल्लेख गरिएको विषय चिनियाँ पक्षको दवावका पछाडि फर्किनु परेको स्रोतहरुको दावी छ। बजेट आएको एक हप्ता भन्दा बढी समय पछि मात्रै लगानी बोर्डको धारणा आउनुले चिनियाँ पक्ष असन्तुष्ट रहेको कुरा स्पष्ट पारेको छ ।

चिनियाँ सञ्चारमाध्यमले पनि पश्चिम सेती नेपाल सरकारले चिनियाँ कम्पनीबाट खोसेर आफैँ निर्माण गर्ने घोषणा गरेको समाचारलाई प्राथामिकतामा राखेर समाचार सम्प्रेषण गरेका थिए। प्रधानमन्त्री यही असार ५ गते चीनको राजकीय भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x