उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष ताम्राकार पक्राउ

भक्तपुर, जेठ २४ । प्रहरीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई  पक्राउ गरेको छ । उनिविरुद्ध परेको ठगी आरोपमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उहाँकै निवास कमलविनायकबाट  पक्राउ गरी  प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ । भक्तपुरमा कमलविनायकमा रहेको होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको हो । मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटममा गरेका लगानीका सम्वन्धमा विवाद रहदै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *