सिद्धार्थ बैंक र संसार रेमिट बीच रेमिट्ययान्स भुक्तानी सम्झौता

काठमाडौं, जेठ २४ । सिद्धार्थ बैंक र संसार रेमिट प्रा.लि.बीच रेमिट्ययान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच समझौता भएसँगै अब संसार रेमिटमार्फत कोरिया, जापान, युरोप लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका शाखावाट भुक्तानीको सविधान भएको छ । देशभर रहेका  सिद्धार्थ  बैंका ११२ शाखाहरु र ७००० भन्दा बढी भुक्तानी केन्द्रबाट सजिलै भुक्तानी लिनका साथैै कोरियाको रुपी सेन्ड मार्फत सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ । सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र संसार रेमिटका अध्यक्ष चन्द्रकान्त आचार्यले हस्ताक्षर गरेका छन् ।  सम्झौतापछि सिद्घार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *