Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

‘रत्नपार्कको ज्योतिष’ बनाए भन्दै आयल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजिनामा

‘रत्नपार्कको ज्योतिष’ बनाए भन्दै आयल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजिनामा

काठमाडौ,२४ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।जग्गा खरिदमा अनियमितता गरेको आरोपमा मन्त्रालय तानिएका खड्काले पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन । उनले आफुमाथी देशी विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, घाटामा गएको निगमलार्इ नाफामा लगेको थिए । मैले गरेको राम्रो काम कसैले देखि सहेनन्, उनले थपे निगमलाई ऋणमुक्त बनाए तर ‘रत्नपार्कको ज्योतिष’ जस्तो बनाए ।

उनले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएकोमा गलत तत्वले मन्त्रालयमा ल्याएर थन्काएको आरोप लगाए ।  खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x