Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

प्रचण्डको आग्रह: राष्ट्रिय एकता र वाम एकताको आवश्यकता

प्रचण्डको आग्रह: राष्ट्रिय एकता र वाम एकताको आवश्यकता

काठमाडाैं, ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा जारी राजनीतिक जटिलता समाधान गर्न, जनताको अपेक्षा पूरा गर्न र राष्ट्रिय स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न वाम एकता र राष्ट्रिय सहकार्य अनिवार्य भएको बताएका छन्।

आज आफ्नो अधिकारिक फेसबुक पेज मार्फत जारी अपिलमा प्रचण्डले भनेका छन्, “देशका समस्या र सङ्कटहरू केवल प्रगतिशील विचार, समर्पित संगठन र सच्चा राजनीतिक पहलद्वारा मात्र समाधान गर्न सकिन्छ।”

उनले थपे, “देशभक्त, प्रगतिशील र वाम शक्तिहरूबीचको संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीचको राष्ट्रिय सहकार्य अब अपरिहार्य बनेको छ।”

प्रचण्डले सबै गणतान्त्रिक र रिपब्लिकन शक्तिलाई संविधानको रक्षा, समावेशी लोकतन्त्रको प्रवर्द्धन, र राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न एक साझा राष्ट्रिय मोर्चामा उभिन अपिल गरेका छन्।

साथै उनले सबै वाम शक्तिहरू, विशेषगरी माओवादीहरूलाई एकै कम्युनिस्ट पार्टीको झण्डा मुनि एकजुट हुन समेत हार्दिक अनुरोध गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *