Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

उत्तम थापाको हत्या मामिलामा दुईजनाको गिरफ्तारी

उत्तम थापाको हत्या मामिलामा दुईजनाको गिरफ्तारी

काठमाडाैं, ११ कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सुकेधाराबाट सिन्धुलीका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाका २७ वर्षीय सौरभ तामाङ लाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, उनीहरू सिसिटिभी फुटेजको आधारमा पक्राउ परेका हुन्। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *