Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

कुमारी बैंकद्वारा निवर्तमान कुमारीलाई ७ लाख ३८ हजारको छात्रवृत्ति हस्तान्तरण

कुमारी बैंकद्वारा निवर्तमान कुमारीलाई ७ लाख ३८ हजारको छात्रवृत्ति हस्तान्तरण

काठमाडाैं, १२ कार्तिक । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गरेको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि एक लाख रुपैयाँको दरले छात्रवृत्ति कोष खडा गर्दै आएको थियो। यस कोषमा जम्मा भएको रकम हाल ७ लाख ३८ हजार ८११.९५ रुपैयाँ निवर्तमान कुमारीलाई प्रदान गरिएको हो।

बैंकका अधिकारीहरूले बताए अनुसार, यो छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु हो।

कुमारी बैंकले विगत २४ वर्षदेखि देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाई र ३१७ एटीएम मार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरूलाई अझ सशक्त बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *