चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिटसँगै
काठमाडौं, ०२ असोज । एन आई सी एशिया बैंकले दशै तिहार, छठलाई लक्षित गर्दै आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने व्यवस्था गरेको छ ।
रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो सुविधा बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्मका लागू गरेको छ । योे समयमा ग्राहकहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ ।
हाल बैंकको २४६ शाखा कार्यालयहरु, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको हालसम्मको कुल निक्षेप करिब १६२ अर्ब रुपैयाँ तथा कर्जा १३४ अर्ब रुपैयाँ रहेको छ । यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख भन्दा बढि रहेको छ ।