Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राइज बैंकले ग¥यो बालबालिकालाई सहयोग

सन्राइज बैंकले ग¥यो बालबालिकालाई सहयोग

काठमाडौं, ०२ असोज । सन्राइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनका १८० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको छ ।

बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आईरहेको छ । यस वर्ष पनि बैंकले खाद्य सामाग्री, जाडो महिनाको लागि लुगा, भाँडाकुडाँ, तथा तन्ना वितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई. बच्छराज तातेड्, श्री ओम्कृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x