Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

इन्भेष्टमेण्ट बैंकको आठौं एक्स्टेन्सन काउन्टर चुनिखेलमा

इन्भेष्टमेण्ट बैंकको आठौं एक्स्टेन्सन काउन्टर चुनिखेलमा

काठमाडौं, ०२ असोज । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा आफ्नो आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ ।

बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । साथै काउन्टरले सात हजारको संख्यामा रहेका स्थानीय जनतालाई वित्तिय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्नेछ ।

त्यस्तै सर्लाहीको बरहथवास्थित गुदारी बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको शाखालाई स्थानीय माग अनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको छ । ८० हजारको हाराहारीमा रहेका स्थानीयलाई छिटो, छरितो र उत्कृष्ट वित्तिय सेवा दिन बैंक प्रयासरत रहनेछ ।

८ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०२ वटा एटिएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x