नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष पनि कम्पनीले यहि अनुपातमा लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले विगतका वर्षदेखि लाभांश वितरणलाई निरन्तरता दिदैं आएको छ ।




