माछापुच्छ्रे बैंक १९ वर्षमा, ६ लाख ग्राहक आवद्ध
काठमाडौं, १७ असोज । माछापुच्छ्रे बैंक लिमिटेड स्थापनाको १८ वर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गरेको छ । १८ वर्षको सेवा अवधीमा बैंकमा ६ लाख भन्दा बढी ग्राहक आवद्ध भएका छन् ।
त्यस्तै बैंकले ८६ वटा शाखा कार्यालय, २ वटा एक्सटेन्सन काउन्टर, ९९ वटा एटिएम र २९ वटा शाखा रहित बैंकिङ सेवा मार्फत वित्तिय सेवा दिदै आएको छ । आगामी दिनमा आफ्नो सेवालाई अझ फराकिलो बनाउदै लैजाने बैंकले जनाएको छ ।