Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

लघुवित्त संस्थाबाट पनि विद्युतीय भूक्तानी, बंगलादेशबाट आवश्यक सामान ल्याउने तयारी

लघुवित्त संस्थाबाट पनि विद्युतीय भूक्तानी, बंगलादेशबाट आवश्यक सामान ल्याउने तयारी

दिलु कार्की
काठमाडौं, १७ असोज । लघुवित्त संस्थाहरुबाट पनि अब विद्युतीय बिल भुक्तानी गर्न सकिने भएको छ । बाणिज्य बैंक, विकास बैंकहरुले प्रदान गदै आएको विद्युतिय सेवा प्रदायकको कामको जिम्मेवारी नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई पनि दिएको हो । राष्ट्र बैंकले निर्देशन जारी गर्दै १० करोड चुक्ता पुँजी पुगिसकेका लघुवित्तहरुले यस्तो सेवा संचालन गर्न पाउने व्यवस्था गरेको छ ।

केन्द्रिय बैंकका अनुसार १० करोड चुक्ता पुँजी पुगेका लघुवित्तहरुलाई तोकेको मापदण्ड पुरा गरेको भए मात्र यस्तो सेवा संचालन गर्न पाउने छन् । बैंकको मापदण्ड अनुसार लघुवित्त संस्थाहरुले २० वटा शाखा संचालन गरेको हुनुपर्ने र उक्त शाखाबाट न्यूनतम २० हजार ग्राहकसँग कर्जा तथा बचत कारोबार गरेको हुनु पर्ने छ । यस्तै राष्ट्र बैंकमा अनलाईन सम्बन्धी विभिन्न प्रकारका कारोबारको अनुमति र प्रतिबद्धता लिएको, विद्युतीय सेवाहरु संचालन गरिरहेको र भुक्तानी कारोबारका लागि आवश्यक तरलता व्यवस्थापन गरेको हुनु पर्ने छ ।

हाल संचालनमा रहेको कुल ६७ वटा लघुवित्तहरु संचालनमा छन् । १० करोड चुक्ता पुँजी पुगेका लघुवित्तले अहिले नै यस्तो सेवा जनतालाई दिन नसक्ने नेपाल लघुवित्त संघका अध्यक्ष राम चन्द्र जोशीले बताए । ‘केही लघुवित्तहरुले राष्ट्र बैंकको निर्देशन भन्दा अगावै यस्तो सेवा जनतालाई प्रदान गरिरहेका छन् अध्यक्ष, जोशीले भने– तर प्राविधिक कठिनाईका कारण तोकिएको मापदण्ड पुरा गर्ने संस्थाले पनि यो सेवा दिन सक्दैनन् । ’

हाल नेपालका सबै लघुवित्त संस्थाहरुमा अन्तर्राष्ट्रिय स्तरका विद्युतिय सेवा प्रदान गर्न मेसिनरीहरु छैनन् । राष्ट्र बैंकल बिद्य्ुतीय बिल भुक्तानी सेवा सम्बन्धी निर्देशन नै जारी गरेपछि लघुवित्त संघले बंगलादेशबाट उच्च स्तरिय विद्युतीय मेसनरीका सामानहरु ल्याउने तयारी गरेको उनले बताए । दशैं पछि अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरु लघुवित्त क्षेत्रमा भित्रिने र बाणिज्य बैंक सरह नै जनतालाई सेवा दिने अध्यक्षय जोशीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x