नेपाल इन्भेष्टमेण्ट बैंकको मास्टर डेविट कार्ड
काठमाडौं, २६ असोज । आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्ड सेवा सुरु गरेको छ। बैंकले हिजो एक कार्यक्रमको आयोजना गरि उक्त कार्ड सेवाको सुभारम्भ गरेको हो ।
बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मास्टर कार्डसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउदै आफ्ना संजाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास व्यक्त गरे ।
काार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टरकार्डको सहकार्यले थप भुमिका खेल्नेमा आशावादी रहेको बताए ।
बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिने छ ।