Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

तामाकोशीको आइपीओ कात्तिक १५ बाट

तामाकोशीको आइपीओ कात्तिक १५ बाट

काठमाडौं, ३० असोज । माथिल्लो तामाकोशी हाइड्रोपावरले कात्तिक १५ गतेदेखि प्राथमिक शेयर निष्काशन (आइपीओ) गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशन छिटोमा कात्तिक १९ गते र ढिलोमा मंसिर १४ गते बन्द हुनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्नेछ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १० प्रतिशत (१ करोड ५ लाख ९० हजार कित्ता) आइपीओ निष्काशन गरिसकेको छ । स्थानीय बासिन्दाको आइपीओ पनि खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो ।
दोलखाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजनाको अनुमानित लागत भने दोब्बर पुग्ने भएको छ । आयोजनाले २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि यसअघि नै निष्काशन गरिसकेको छ ।
यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको कम्पनीको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x