Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

फलफुको माग दोबरले वृद्धि

फलफुको माग दोबरले वृद्धि

बिवेक नगारी
धनगढी, ०४ कात्तिक । चाडपर्वका वेला अन्य समयको भन्दा फलफुको माग दोबरले वृद्धि भएको धनगढीका व्यापारीहरुले बताएका छन् ।

यति वेला धनगढीमा रहेका ठेला व्यवसायीदेखि होल्सेलरले अन्य समयको भन्दा दूई गुणा बढी फलफुल बेचेको जानकारी दिएका छन् । अन्य समयमा दैनिक २० देखि ३० किलो फलफुल वेचेपनि यो दशैंमा दैनिक करिब ५० देखि ७० केजी सम्म फलफुल विक्री भईरहेको उनिहरुको भनाई छ ।

दशैंंमा ठेला व्यवसायी मात्रै नभई होल्सेल तथा सप्लार्यसहरुले पनि दोबरले फलफुल बेचेको बताएका छन् । चाडपर्वका वेला विभिन्न प्रयोजनका लागी स्याउ, सुन्तला र केराको माग बढी हुने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुरका फलफुल व्यवसायी सम्भु शाहले बताए । उनले आफ्नो विकास शाह स्टोरबाट दशैंंमा मात्रै करिब १० लाख बराबरको फलफुल वेचेको बताए । उनले सुदूरपश्चिम प्रदेशका लागी अन्य समयको भन्दा दशैंका वेला दुई गुणा बढी फलफुलको खपत हुने गरेको जानकारी दिए ।

यस बर्षको दशैंमा अनारको रेट केहि मंहगो भएपनि अन्य स्याउ, सुन्तला र केराको मुल्य खासै महंगो नभएको उपभोक्ताको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x