Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

एन आई सी एशिया बैंकको खाता अनलाइनबाट नै खोल्न सकिने

एन आई सी एशिया बैंकको खाता अनलाइनबाट नै खोल्न सकिने

काठमाडौं, ०४ कात्तिक । एन आई सी एशिया बैंकले खाता खोल्न लाइनमा बसीरहन नपर्ने र घरैमा बसी झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न सक्ने गरी “न्यू प्रिमियम समुन्नति बचत खाता” संचालनमा ल्याएको छ । “सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने नाराका साथ बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त योजना संचालनमा ल्याएको प्रेस विज्ञप्तीमा मार्फत् जानकारी दिएको छ ।

अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्नेछन् । यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सक्ने छन् ।

बैंक मुलुकभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार २०० अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६४ अर्ब तथा कर्जा १३८ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x