सिभिल बैंक र यूनियन लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, ९ कात्तिक । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे।
अब यूनियनका ग्राहकले बिना झन्झट सिभिल बैंकका ६९ शाखाहरु मार्फत सेवा पाउने बैंकले जनाएको छ । सिभिल बैंकले यस अघि पनि जीवन बीमा कम्पनीहरु मेटलाइफ, एलआईसी नेपाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तथा अन्य निर्जीवन कम्पनीहरुसँग सम्झौता गरी सेवा दिँदै आएको छ।