Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘भ्रमण वर्ष २०२०’को संयोजक तोक्न ढिलाइ गरेकोमा व्यवसायी असन्तुष्ट, यी हुन संयोजकका लागि चर्चामा रहेका नाम

‘भ्रमण वर्ष २०२०’को संयोजक तोक्न ढिलाइ गरेकोमा व्यवसायी असन्तुष्ट, यी हुन संयोजकका लागि चर्चामा रहेका नाम

शंकर पण्डित
काठमाडौं, १२ कात्तिक । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । उक्त भ्रमण वर्ष सुरु हुन १४ महिना मात्र बाँकी छ । तर अझै सम्म भ्रमण वर्ष आयोजक समितिले पूर्णता पाउन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय संयोजक नतोक्दा समितिले पूर्णता पाउन नसकेको हो ।

भ्रमण वर्ष सुरु हुने समय छोटिदै जाँदा पनि संयोजक तोक्न नसक्नु पर्यटन मन्त्रालयको ठुलो कमजोरी भएको होटल संघ नेपाल (हान)का महासचिव बिनायक शाहले बताए । ‘भ्रमण वर्षको आयोजक समिति गठन गरि आवश्यक तयारीको काम थाल्नुपर्नेमा सरकारले अझै सम्म राष्ट्रिय संयोजक तोक्न सकेको छैन, अर्थको अर्थसँग उनले भने यसले पनि सरकारले पर्यटन प्रवद्र्धनलाई कस्तो प्राथमिकतामा राखेको छ भन्ने प्रष्ट पार्छ ।’ उनले तत्काल संयोजक तोक्न पनि सरकारलाई आग्रह गरे ।

दर्जनौ पर्यटन व्यवसायीहरुले संयोजक बन्ने आकांक्षा देखाएपछि पर्यटन मन्त्री रबिन्द्र अधिकारी संयोजक कसलाई तोक्ने भन्ने अन्यौलमा रहेको बुझिएको छ । अझ पार्टीमा आवद्ध थुप्रै व्यवसायीहरुले संयोजक बनाउन चर्को दबाब दिएपछि मन्त्रीले संयोजक छान्न ढिलाई गरेको  बुझिएको छ ।

अहिले पर्यटन बजारमा संयोजकका लागि पर्यटन व्यवसायी सुमन पाण्डे, प्रसिद्धबहादुर पाण्डे, सृजना राणा, योगेन्द्र शाक्य लगायतको नाम बढी चर्चामा छ । तर मन्त्री अधिकारी भने पर्यटन वर्ष सन् २०११ का संयोजक योगेन्द्र शाक्यलाई नै संयोजक तोक्ने मनसायमा रहेको मन्त्रालय स्रोतले जनाएको छ । सोही अनुसार उनले केही व्यवसायीहरुसँग परामर्श गरेको बुझिएको छ ।

उत्ता पर्यटन मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्याय भने छिटै संयोजक तोकी आवश्यक काम सुरु गर्ने तयारीमा मन्त्रालय रहेको बताउछन् । संयोजक कसलाई तोक्ने भन्ने विषयमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको र छिटै संयोजक तोकी समितिलाई पूर्णता दिने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x