Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजार र कारोबार रकम दुबैमा गिरावट

सेयर बजार र कारोबार रकम दुबैमा गिरावट

काठमाडौं, १२ कात्तिक । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । हिजो १३.६२ अंकले घटेको बजार आज पुन १०.१४ अंकले घटेर १२१७.३५ बिन्दुमा झरेको छ।

आज कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै नीर्जिवन बीमा समूहको परिसूचक ७६.५५ अंकले घटेको छ। त्यस्तै होटल समूह ४८.७६, जीवनबीमा समूहको परिसूचक १७.७ अंकले घटेको छ ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ३२ करोड भन्दा बढीको सेयर कारोबार भएको थियो । तर आज १ सय ६० कम्पनीको २४ करोड रुपैयाँको मात्र कारोबार भएको छ । त्यसमा गोर्खाज फाइनान्सको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x