बिहिबार नेप्सेमा सामान्य गिरावट
काठमाडौं, १५ कात्तिक । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा सामान्य अंकको गिरावट आएको छ । बिहिबार नेप्से परिसुचक ०.४८ अंकले घटेर १,२२०.९८ बिन्दमुा बन्द भएको छ ।
बिहिबार शेयर बजारमा कारोबार भएका कुल १६० कम्पनीहरुको ७,८२,०२९ कित्ता शेयर खरिदबिक्री हुदाँ २४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार भएका कम्पनीहरु मध्ये सबै भन्दा बढी शेयर कारोबार सानिमा बैंकको भएको छ । बैंंकले आज २ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार गरेको छ ।
यसै गरि बिहिबार शेयर बजारमा बैकिङ्ग समुह ०.०४, हाईड्रोपावर समुह ०.४४, उत्पालन तथा प्रशोधन समुह ०.५९, र अन्य ०.३२ अंकले घटेका छन् । भने होटल समुह ०.५८, विकास बैंक समुह ०.१७, फाईनान्स् समुह ०.०३, निर्जीवन बीमा समुह ०.१४, माईक्रोफाईनान्स् समुह ०.१३ र जीवन बीमा समुह ०.२४ अंकले बढेका छन् ।
बिहिबार सबै भन्दा बढी मन्जुश्री फाइनान्सका लगानी कत्र्ताहरुले कमाएका छन् । भने सबै भन्दा बढी अपी पावर कम्पनीका लगानी कत्र्ताहरुले गुमाएका छन् ।